बिपना थापाले दर्शक रुवाइन्, ‘कमब्याक’ सार्थक बन्यो !
लामो समयपछि अभिनयमा फर्किएकी अभिनेत्री बिपना थापाले दर्शकको मन जित्न सफल भएकी छन् । फिल्म ‘ह्रस्व दिर्घ’मा उनले निर्वाह गरेको भूमिका भूमिकाबाट दर्शक भावुक बन्दै रोएको भिडियो क्ल्प्सि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
यस्तै अभिनेत्री गौरी मल्ल, निर्देशक दिपाश्री निरौला लगायत अन्य कलाकर्मीले पनि विपनाको कमब्याकलाई स्वागत गर्दै बधाई दिएका छन् । नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहेको ह्रस्व दिर्घमा माइली अभिनेत्री थापाको समेत महत्वपूर्ण भूमिका छ ।
आफ्नो समयकी सफल अभिनेत्री बिपना थापा ह्रस्व दिर्घबाट फिचर फिल्ममा फर्किएकी हुन् । उनी यतिबेला दर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिटसँग राजधानीका हलहरुमा पुगिरहेकी छन् । दर्शकको मन जित्न सफल भएकोमा बिपनालाई बधाई !
तस्बिर : उद्धव रसाइली