राउतको ‘महाभोज’मा दया, आर्यानदेखि मिरुना, अञ्जनासम्म
फिल्म ‘पुजार सार्की’ को सफलता पश्चात् निर्देशक राउतले आठौँ फिल्मको रूपमा ‘महाभोज’ नामक फिल्म घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जाल मार्फत यो मल्टिस्टारर फिल्मबारे जानकारी गराएका हुन्।
निर्देशक राउतको नयाँ फिल्म फिल्म ‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपाल जस्ता कलाकारहरूको मुख्य अभिनय रहनेछ । फिल्मलाई यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुःखी आत्मा’ जस्ता फिल्महरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो फिल्म बनाउनेछन् ।
फिल्मको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् । राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् ।
“आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस फिल्म मार्फत प्रस्तुत गर्दैछौँ,” निर्देशक राउतले बताए ।
आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आर.आर. फिल्मस्ले गर्नेछ ।