find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’ सार्वजनिक

आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पार्श्व गीत लेखनमा कमव्याक गरेका हुन् ।

एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ । गीतमा फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको गीतमा यो जोडीलाई निकै सुहाएको छ । गीतको संगीत, गायन र शब्द अब्बल छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।


कार्यक्रममा गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रुपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन् । गायक करणले फिल्ममा पार्श्व गायनको सपना ‘मिसिङः केटी हराएको सूचना’ले पुरा गरेको खुलाए ।गीतकार र संगीतकार करुणले फिल्मका निर्देशक दीपैन्द्र गौचन र आफू पुरानो साथी रहेकाले उनकै अनुरोधमा गीत लेखेको बताए । आफूले दीपेन्द्रलाई नेपाल फर्किएर राम्रो कथाको फिल्म बनाउन सधै हौसाइरहने स्मरण गर्दै फिल्मका लागि दुई गीत तयार भए पनि ‘सपनीमा’लाई सबैले मनपराएर गीतमा राखेको खुलाए । करुणले लेखेका गीत ‘आगो लाग्यो दिलैमा’ र ‘बादल वर्षा बिजुली’ लोकप्रिय गीत मानिन्छन् ।

निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले फिल्मको कथा सुहाउँदो गीत तयार पारिएको बताए । भिडियोका कोरियोग्राफर रामजी लामिछानेले निर्देशक र गीत लेखनमा कमव्याक गरेका दिग्गजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha