find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘केटी हराएको सूचना’ हेरेपछि अभिनेत्रीहरु के भन्छन् ?

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुधबार साँझ प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित कलाकारर्मीले फिल्म बारे आफ्‌नो प्रतिक्रिया दिएका छन्।

अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका फिल्मभन्दा फरक रहेको बताइन् । उनले आफूले ‘इन्जोय गरेको खुलाइन् । अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक जनराको फिल्म भएकाले राम्रो लागेको बताए।


निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको फिल्म हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए । उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा फिल्मको माध्यमबाट भनेको जनाए । अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको फिल्म हेर्न पाएको बताइन्।

अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको फिल्म भनी प्रतिक्रिया दिइन् । डीसिएनका अशोक शर्माले फिल्ममा दर्शकले नयाँ स्वाद पाउने बताए । अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको फिल्म हेर्न एकदमै मनपर्ने बताइन् । उनले स्लोपेसमा डिटेल्समा बनाइएका चिज राम्रो लाग्ने खुलाइन् ।

अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताइन् । निर्देशक प्रदीप भट्टराईले निर्देशक दीपेन्द्र गौचनबाट रेगुलर फिल्मको अपेक्षा नभइरहेको अवस्थामा उनले फरक तरिकाले कथा भनेको बताए । निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो फिल्मलाई सहयोग गर्नुपर्ने बताए । विषयवस्तु र पर्यटकीय हिसाबले फिल्म राम्रो रहेको उनले खुलाए।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

तस्वीरहरुः सुरेन्द्र थापा

नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए ।

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha