मृगौला पिडित मेकअप आर्टिष्टद्वारा सहयोगको अपिल
मेकअप आर्टिष्ट ईन्द्र लामा किड्नीको समस्याले थालिएका छन । ५३ वर्षिय ईन्द्रको बिगत ३ महिना देखि मृगौलामा समस्या आई शरीरको आधा भाग पक्षघात भएको छ । उनको हाल मनमोहन हस्पिटल, स्वयम्भुमा उपचार भैरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा परिवारलाई समस्या भएका कारण उनले आफ्नो उपचारमा सहयोग गरिदिन नेपाली फिल्मकर्मी र फिल्म सम्बन्धि संघ संस्थालाई आग्रह गरेका छन । साथै उनको उपचारको लागि रकम जुटाउने उदेश्यका साथ नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) संगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उनकी छोरी माला लामा रंजितकारले यहि पुष २७ गते राजधानी ब्याङ्क्वेट एण्ड मल्टीभेन्यु बनस्थली चोकमा च्यारिटेवल संस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दैछिन् ।
आफ्ना बाबुको जीवन रक्षाका लागि सबैले सहयोग गरि उक्त संस्कृतिक कार्यक्रममा सहभागी भईदिन छोरी मालाले सबैलाई आग्रह गरेकि छिन् । बिशेषगरि फिल्म क्षेत्रमा आफ्ना बाबुले गरेको योगदानको कदर गर्दै कलाकार तथा प्राबिधिकहरुले सहयोग गरिदिन उनी आग्रह गर्छिन् ।
ईन्द्रले राजमती, आमा, पन्छी, सडक, मितिनी, मुनामदन, बसन्ती, यो पागल मन जस्ता एक सय बढी फिल्ममा मेकअप आर्टिस्टको रुपमा काम गरिसकेका छन् । उनी चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन् ।