हेर्नुस् पिंकु मिसको जवानी (भिडियो)
फिल्म रिलिजकै दिन ‘राज्जा रानी’ को नयाँ गीतको भिडियो रिलिज गरिएको छ । नायिका रेखा थापा नाचेको पिंकु मिसको जवानी बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत, निर्देशक याम थापाको शब्द र सहिमा श्रेष्ठको स्वर छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :
केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको ‘राज्जा रानी’ पुष २१ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको हो । रमेश एमके पौडेल निर्मित फिल्मले तराईमा व्यस्त दाइजो प्रथा विरुद्धको कथा उठाएको छ ।