सोलो रिलिज हुने भएपछि दंग ‘कान्छी’
फागुन ४ बाट छविराज ओझाको ‘मंगलम’ सरेपछि उक्त मितिमा श्वेता खड्को ‘कान्छी’ सोलो रुपमा रिलिज हुने भएको छ । एक मात्र फिल्म हुँदा ‘कान्छी’ लाई प्रदर्शनमा सहज हुने पक्का छ । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दायहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
आफ्नो फिल्म सोलो रिलिज भएसँगै ‘कान्छी’ दंग भएकी छन् । ”कान्छी’लाई सोलो रिलिज गराउँन लागि पर्ने सबैलाई धन्यवाद’, श्वेता भन्छिन्, ‘अब झनै धेरै दर्शकले हेर्न पाउँनु हुनेछ ।’ माघको पहिलो साता प्रोमो रिलिज गर्ने तयारीमा रहेकी श्वेता फिल्म राम्रो बनेको दाबी गर्छिन् । ‘फिल्मले दर्शकलाई निराश पार्दैन’, श्वेता भन्छिन् । ‘कान्छी’मा समावेश ‘चरी चट्ट’ बोलको गीतले युट्युवमा ८० लाख माथि भ्युज पाइसक्दा ‘कान्छी’ प्रति दर्शकको चासो निकै रहेको श्वेता बताउँछिन् । गीत हेर्नुस् :
याम थापाको लेखन रहेको ‘कान्छी’मा श्वेता र दयासँगै निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । संगीत राजनराज सिवाकोटी र अर्जुन पोखरेलले दिएका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।