मृगौला पिडितको सहयोगार्थ हङकङमा ‘मिस्टर झोले’
यही शुक्रबार, पुष २८ देखि नेपालमा प्रदर्शन हुने फिल्म ‘मिस्टर झोले’ को आउँदो आईतबार (जनवरी १४ तारिख) मा हङकङमा विशेष शो हुने भएको छ । मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ उपस्थित हुनेछन् ।
‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट सशुल्क बसको पनि व्यवस्था गरिएको छ ।रामबाबू गुरुङ निर्देशित फिल्ममा दया र दीयाका सँगै कलाकारहरु बर्षा राउत, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटारसुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।