अनमोल केसी स्टारर ‘कृ’ को काउन्ट डाउन सुरु
यस वर्षको बहुप्रतिक्षित फिल्म ‘कृ’ प्रदर्शनको दिनगन्ती सुरु भएको छ । पुष २६ देखि अनमोल केसी स्टारर यो फिल्मको काउनडाउन सुरु भएको हो । माघ २६ देखि ‘कृ’ अल रिलिज हुँदैछ ।
अनमोल पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएको ‘कृ’ को प्रोमोलाई युट्युवमा हालसम्म करिब १९ लाखले हेरेका छन् । युट्युवको नम्वर वान ट्रेन्डिङमा रहेको गीतलाई एक सातामा ३२ लाख बढीले हेरिसकेका छन्। अनमोलको पाँचौं फिल्म ‘कृ’ मा नव नायिका अदीति बुढाथोकी मुख्य नायिकाको रुपमा प्रस्तुत भएकी छन् भने भिलेनमा अनुप विक्रम शाही छ । प्रोमो हेर्नुस् :
सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा निर्माण भएको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल डेढ वर्षपछि दर्शकमाझ आउँदैछन्, त्यसकारण पनि ‘कृ’ थप प्रतिक्षित बन्न पुगेको छ । गीत हेर्नुस् :