प्रेमी संजोगसँग पहिलो पटक फिल्म खेल्दै बर्षा
वास्तविक प्रेम जोडी नायक संजोग कोइराला र नायिका बर्षा राउत पहिलो पटक एकसाथ स्क्रिनमा देखिने भएका छन् । अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा बर्षा र संजोग सँगै देखिन लागेका हुन् ।
प्रेमी कोइरालासँग पहिलो पटक पर्दामा प्रस्तुत हुंन लागेकी बर्षाले नयाँ फिल्मको लागि उत्साहित रहेको बताइन् । ‘मिस्टर झोले’ को व्यापार र प्रतिक्रियाको पर्खाइमा रहेकी बर्षाले अष्ट्रेलियाबाट भनिन्, ‘हाम्रो जोडी पहिलो पटक पर्दामा देखिंदैछ । यसको लागि उत्साहित नहुने त कुरै भएन !’
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई दीपेश सापकोटाले निर्देशन गर्नेछन् । बसन्त सापकोटाको संगीत रहने फिल्ममा अर्का नायक नरेन खड्काको पनि अभिनय रहनेछ । फिल्मको छायांकन नेपालसँगै केहि विदेशी मुलमा हुनेछ ।