‘ब्लाइन्ड रक्स’ मा बेनिशाको ‘उड्यो मन’
फिल्म ‘ब्लाइन्ड रक्स’ को ‘उड्यो मन’ गीतको भिडियो सार्वजनिक भएको छ, जहाँ नायिका वेनिशा हमाल दृष्टि विहिन सृष्टि केसीको भूमिकामा प्रस्तुत भएकी छन् । हरि लम्सालको संगीत रहेको गीतमा नरेश भट्टराईको शब्द छ । स्वर बानिका प्रधानले दिएकी छन् । ब्लाइन्ड रक्सका निर्देशक मिलन चाम्सकै कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :
निकेश लिम्बुको निर्माण रहेको फिल्ममा शिर्ष भूमिकामा प्रस्तुत भएकी वेनिशासँगै अभिनेत्री गौरी मल्ल, अभिनेता अर्पण थापा, बैंकर अनिल केशरी शाह, सञ्चारकर्मी नरेश भट्टराई लगायतको अभिनय रहेको छ । फागुन १८ गते नेपालमा रिलिज हुने फिल्मको आउँदो फेब्रुअरी १८ तारिखमा हङकङमा प्रिमियर गरिनेछ ।