‘पण्डित बाजेको लौरी’ बन्ने, यी छन् कलाकार
पण्डित्याइँ गर्ने पण्डितहरुको कथामा फिल्म ‘पण्डित बाजेको लौरी’ बन्ने भएको छ । पण्डित समाजको समस्या र घटनाहरुलाई समावेश गरिने फिल्मलाई दीपक ओलीले निर्देशन गर्नेछन् । फिल्ममा नायिका मरिस्का पोखरेले सहित दर्जन बढी कलाकारहरुको अभिनय रहेनछ ।
अध्रीत फिल्मस् प्रा.लि को ब्यानरमा बन्ने ‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ । थमन कुमार भण्डारी र किशोर खड्का फिल्मका निर्माता हुन् छन् । यस्तै कलाकारहरुमा मरिस्कासँगै भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, सन्ध्या केसी, लोकेन्द्र विष्ट, विशाल पहारी र कुलदीप अधिकारी रहेका छन् । अमित श्रेष्ठको संगीत रहने फिल्ममा बिदुर पाण्डेको छायाँकन रहनेछ ।
फिल्मको सुटिङ माघ २० गतेदेखि सुरु हुने आइतबार आयोजित प्रेसमिटमा जानकारी दिइयो । प्रेसमिटमा फिल्म निर्माण कम्पनीका अध्रीतको जन्मदिनको केक पनि काटिएको थियो ।