अक्षय र रजनीकान्तको ‘२.०’ सँग ‘नेप्टे’ रिलिज हुने
नेपाली नयाँ वर्षमा एउटा नेपाली फिल्म प्रदर्शन आउने भएको छ । छायाँकन सकेर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘नेप्टे’ ले आफ्नो प्रदर्शन मिति चैत ३० गतेलाई तोकेको हो । फिल्मको सोमबार गीत रिलिज गर्ने कार्यक्रम राखिएको छ ।
उसो त अक्षय कुमार र रजनीकान्त स्टारर फिलम ‘२.०’ आउने भएपछि प्रदीप खड्काको ‘लिलिबिलि’ चैत ३० गते बाट बैशाख १४ मा सरेको थियो । तर ‘नेप्टे’ ले भने भारतको बहुप्रतिक्षित फिल्मको वास्ता नगरी चैत ३० मा आउने हिम्मत गरेको हो । देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा निर्माता रुम्बा सहित दयाहाङ राई र छुल्ठिम गुरुङको अभिनय रहेको छ ।