पृथ्वीलाई शिल्पा ‘बम्पर उपहार’ (मंगलम गीत रिलिज)
माघे संघ्रान्तीको अवसर पारेर छविराज ओझाले निर्माण गरेको फिल्म ‘मंगलम’ को गीत रिलिज गरिएको छ । ‘बम्पर उपहार’ बोलको गीतमा नायिका शिल्पा पोखरेल र नायक पृश्वीराज प्रसाईंले नृत्य पस्केका छन् । विष्णु कल्पितको छायाँकन रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । भिडियो हेर्नुस् :
दीपक शर्माको संगीत रहेको गीतमा लेखु सहयात्रीको शब्द छ तथा प्रमोद खरेलको स्वर छ । फागुन २५ गतेदेखि प्रदर्शनमा आउने मंगलम मा शिल्पा, पृथ्वी र पुष्प खड्काको अभिनय रहेको छ । फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीतको भिडियो रिलिज भैसकेको छ ।