प्रियंका र आयुष्मानको प्रेममा दुवै परिवार सहमत
नायिका प्रियंका कार्कीले आफ्नी मम्मीको जन्मदिन मनाएकी छिन् । दरबारमार्गमा सोमबार मनाइएको जन्मदिनमा प्रियंकाका प्रेमी आयुष्मान देशराज र उनकी मम्मी रविना देशराज सहित केही आफन्तहरु उपस्थित थिए । भिडियो हेर्नुस् :
मम्मीको जन्मदिनमा प्रियंकाले आयुष्मानसँगको प्रेमबारे धेरै कुरा खोलेकी छिन् । प्रियंका आयुष्मान र रविना (मम्मी) सँग गरिएको रमाइलो कुराकानी केही बेरमा अपलोड गर्नेछौं । रमाइलो छ सँगको कुराकानीमा आफुहरु प्रेममा रहेको र यसबारेमा अरुलाई टिप्पणी नगर्न समेत प्रियंका र आयुष्मानले बताए । उनीहरुका मम्मीहरुले पनि यस बारेमा धेरै टिप्पणी नगर्न आग्रह गरे ।
बैङकर रविना देशराजले प्रियंका र आयुष्मानको प्रेम बारे भनिन्, ‘म उनीहरु दुई जनाको रिलेशनबारे जानकारी छु । उनीहरुको प्रेम देख्दा मलाई नै लोभ लाग्छ । यदि उनीहरु बिहे गर्न चाहान्छन् भने पनि मेरो तर्फबाट कुनै रोकावट छैन । म बिहे गर् भन्छु ।’ यता आयुष्मानले पनि प्रियंकालाई आफ्नो श्रीमतीको रुपमा चिनाउन चाहेको खुलाए ।
उनले भने, ‘प्रियंका मेरो श्रीमती हो भन्न पाउँदा मलाई गर्व लाग्नेछ ।’ प्रियंकाले पनि बिहेले आफ्नो फिल्मी करिअरलाई कुनै असर नगर्ने बताउँदै आयुष्मानसँगै आफ्नो हुने खुलाइन् ।