find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

११ वर्षिय अधिश्रीको ‘छोरी अन्माउँदा’ (भिडियो)

एघार वर्षे गायक अधिश्री कसपालको गीत ‘छोरी अन्माउँदा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले फिचरिङ गरेका छन् । घरकी एक्ली छोरी विवाहमा अन्माउँदा एक पितालाई पर्ने चोटलाई भावुक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो :

गीतमा सुरेश अधिकारीको संगीत र सुभाषचन्द्र ढुंगेलको शब्द छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ । कार्यक्रममा अधिश्रीका हजुरबुवा बाबुकाजी कसपालले नातिको प्रतिभा देखेर आफूलाई गर्व लागेको बताए । ‘नाती सानैदेखि गीत संगीतमा रुची राख्थ्यो । उसको गायन शैली मलाई मनपर्छ,’बाबुकाजीले भने ।

गीतका संगीतकार सुरेशले सुभासचन्द्रको गीत हेर्दा फरक धारको पाएको बताउँदै आफूले गहिरो र गम्भीर किसिमको संगीत प्रयोग गरेको बताए । ‘गीतको शब्द र संगीतको भाव अनुसार अधिश्रीले गाउन सक्ला या नसक्ला भन्ने मलाई द्विविधा थियो,’संगीतकार अधिकारीले भने,‘तर उसले एउटा परिपक्क गायकले गाए जसरी गीत गाइदियो ।’ उनले गीत सार्वजनिक गर्दा गायक अधिश्रीका लागि भन्दा पनि आफ्ना लागि जाँच दिएको परीक्षार्थी जस्तै बनेको बताए ।

अधिकारीले अधिश्रीको जस्तै संगीतमा रुची राख्ने बालबालिकालाई परिवारको सहयोग र सद्भाव आवश्यक रहने जनाए ।
संगीतकार, गायक तथा रचनाकार दीपक जंगमले आफ्नो समयमा बाल्यअवस्थामा गीत गाउनु निकै चुनौतिपूर्ण रहेको स्मरण गरे । ‘हाम्रो पालामा गीत गाउनु भनेको निकै गाह्रो थियो । आफैले संगीतका गुरु खोज्नुपथ्र्यो,’उनले भने,‘तर अहिले समय फेरिएको छ । अहिले परिवारको सहयोगले गायकगायिकालाई संगीतमा आउन सजिलो भएको छ ।’ उनले

अधिश्रीका लागि परिवार नै सहयोगी भएकाले पनि आगामी दिनमा उसको संगीत सक्रियता अझ फराकिलो हुने बताए ।
कार्यक्रममा अधिश्रीले ‘छोरी अन्माउँदा’ र ‘अरुलाई निचो देखाउन खोजेर’ बोलको गीत गाएका थिए । गीत ‘अरुलाई निचो देखाउन’मा हरि लम्सालको संगीत र सुवासचन्द्रको शब्द छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha