प्रियंका भन्छिन्, ‘बिहेपछि पनि म सक्रिय हुन्छु’
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी प्रेममा छिन् । प्रियंका र आयुष्मान प्रेममा रमाइरहेका छन् । उनीहरुको प्रेम बिहेमा परिणत हुने संकेत देखिएको छ । परिवारका सदस्यहरुबिच भेटघाट समेत भएकाले प्रियंका र आयुष्मानको बिहेको सम्भावना प्रवल देख्न सकिन्छ । हालकी व्यस्त नायिका प्रियंका बिहे पछि पनि फिल्म नगरीमा सक्रिय होलिन् त ? यो रमाइलो भिडियोमा उनको जवाफ हेर्नुस् :
प्रियंकाले बिहेपछि पनि आफ्नो सक्रियता कम नहुने बताइन् । ‘म बिहे र कामलाई एकैसाथ अगाडी बढाएर लैजान्छु ।’ तर बिहे चाहिं कहिले होला त ? ‘समय आएपछि थाहा भैहाल्छ नि, प्रियंका भन्छिन् ।’