‘चङ्गा चेट’को मुर्हत गर्दै छायाँकन सुरु
दिपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘चङ्गा चेट’को शुभमुर्हत गर्दै मंगलबारदेखि छायाँकन सुरु गरिएको छ । चावाहिलको गणेस्थानमा मुर्हत गर्दै पुलतीसडकबाट छायाँकन सुरु गरिएको हो ।
स्टुडियो फोटो सुटका लागि नायक आयुष्मानले पहिलो दिनको टेक दिइरहेको निर्माता माधव वाग्लले जानकारी दिए । ४५ दिनको छायाँकन तालिका छुट्याइएको चङ्गा चेटको सम्पूर्ण छायाँकन राजधानी आसपास भित्रै हुने निर्माता वाग्ले बताउँछन् । प्रदर्शन मिति कहिलेलाई लिनु भएको छ भन्ने ? प्रश्नमा निर्माता वाग्ले भन्छन्, भदौ या असोजतिर रिलिज गर्छौं ।
फिल्ममा प्रियंका कार्की, अर्पण थापा, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, सुरक्षा पन्त र पारमिता राज्य लक्ष्मी राणा लगायतको मुख्य भूमिका रहेको छ । फिल्म तीन युवाको कथा वरिपरि घुम्ने बुझिएको छ ।