खेती किसानीमा राजेश हमाल !
महानायक राजेश हमालले करिअरमा धेरै फिल्महरुमा किसान परिवारको प्रतिनिध्व गर्दै अभिनय गरेका छन् । खेती किसानी र सवारी चालकको भूमिकामा महानायक हमाललाई दर्शकले औधी रुचाए । दर्शकमाझ राजेश हमाल र शंकर नाम उस्तै उस्तै छन् ।
यिनै राजेश हमाल उर्फ शंकरले असार पन्ध्रमा खेत जोतेका छन् । नेपालको अवस्था भन्दै महानायक हमालले दही चिउरा खाने दिन फेसबुकमा खेत जोतेको र वृद्धवृद्धासँग बसेको तस्बिरहरु आफ्नो वालमा पोस्ट गरेका हुन् । यसबाट के बुझ्न सकिन्छ भने राजेश हमाल हरेक पेशालाई सम्मान गर्छन् र आफुले निभाएका फिल्मका पात्रहरुलाई माया गर्छन् ।