find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रोजेक्ट वान’ को ’फेरी उठ्नेछ नेपाल-४’ कन्सर्ट

नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ ले ’फेरी उठ्नेछ नेपाल (४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो ।

त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा यसै शिर्षकमा फेरी उठ्नेछ नेपाल ३ विथ प्रोजेक्ट वानको आयोजना व्याण्डवागन बाइ पोजिटिभ भाइब्स गरिसकेको छ । अब व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले फेरी उठ्नेछ नेपाल ४ अन्तर्गत देशका विशिन्न शहरमा कन्सर्ट गर्दैछ , जसको सुरुवात बनेपाबाट भएको छ । शनिवार ब्याण्डले बनेपामा आफ्नो भव्य कन्सर्ट गर्न सफल भएको छ ।

यसैगरी बनेपा बसपार्कमा आयोजित कन्सर्टमा सबैले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नुका साथै एकले अर्काको गीत गाएका थिए । रविनले मुक्तिको गीत गाउदा स्याडोजले अनुप्रस्थको गीत गाएका थिए । यस किमिमको फ्युजन उपस्थित दर्शकलाई सरप्राइज थियो । साँझ ६ स् ३० देखि सुरु भएको कन्सर्ट झन्डै ८ स् ३० सम्म चलेको थियो । कन्सर्टमा सहभागी हुन् विशेषत युवा दर्शकको भिडभाड रहेको थियो ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् । यसैले गर्दा पनि ब्याण्डको प्रस्तुति हेर्नका लागि बनेपाली दर्शकको राम्रो उपस्थिति रहेको थियो ।

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफुहरुलाई थप उर्जा मिलेको बताए । व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha