प्रकाश सपूतको ‘बोल माया’ ट्रेन्डिङको पहिलो स्थानमा
प्रकाश सपूतको पछिल्लो गीत ‘बोल माया’ युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । सलमान खानको ‘रेश ३’ को ट्रेलरलाई पछि पार्दै प्रकाशको यो लोक लयको गीत नेपाल युट्युव ट्रेन्डिङको पहिलो नम्वरमा पर्न आएको हो । भिडियो यस्तो छ :
यो गीतलाई अपलोड भएको एक साता नपुग्दै ५ लाख बढीले हेरेका छन् । १६ हजार बढी लाइक र ३ हजार बढी कमेन्टस् आएका छन् । डिस्लाइक करिब पाँच सय मात्रै छन् । श्रम गर्न विदेश जाने नेपाली युवाको अकाल मृत्यु र उसको पारिवारिक विलौनाको कथालाई समावेश गरिएको बोल मायाले गीतमा नारायण रायमाझी, प्रकाश शान्ती श्री परियारको स्वर छ । शब्द प्रकाश आफैले लेखेका हुन् ।
भिडियोको निर्देशन समेत सपुत आफैले गरेका छन् । अभिनयमा प्रकाशलाई अञ्जली अधिकारी, देवेन्द्र बब्लु र सितारे गन्धर्वले साथ दिएका छन् ।
केही समय अगाडी सार्वजनिक भएको प्रकाशको दोहोरी ब्याटलले चर्चा र आलोचना दुबै पाएको थियो । तर प्रकाशको पछिल्लो यो गीतले भने धेरैको माया पाइरहेको छ ।