मंगलबार निलुलाई श्रद्धाञ्जली दिइने : साढे १२ बजेसम्म स्वयम्भूमा राखिने
दिवंगत निर्देशक निलु डोमा शेर्पाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि असार २० गते मंगलबार स्वयम्भू आर्यघाटमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि त्यहाँ बिहान साढे ११ बजेदेखि साढे १२ बजे सम्म राखिनेछ ।
गत शनिबार हृदयघातका कारण निधन भएकी निलुको पार्थिव शरीरलाई यतिबेला बालुवाटार निवासमा राखिएको छ । बौद्ध धर्म अनुसार उनको दाहसंस्कार गरिनेछ । ३५ वर्षकी थिइन् निलु घरकी एक्ली छोरी हुन् । उनले फिल्म ‘हाउ फन्नी’ निर्देशक गरेकी थिइन् ।