सफलताको ह्याट्रिकसँगै अञ्जना ‘डोरी’मा अनुबन्धित
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ऐतिहासिक सफलता सँगै अभिनेत्री अञ्जना बराइली फिल्म नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । अञ्जनाले अभिनय गर्ने नयाँ फिल्म डोरीको यतिबेला वर्कसप चलिरहेको छ ।
‘महापुरुष’ डेव्यु अञ्जना अभिनित दोश्रो फिल्म ‘पुजार सार्की’ सफल बन्यो भने तेश्रो फिल्म पूर्ण बहादुरको सारंगीले नेपाली फिल्महरुमै सर्वाधिक कमाइ गरिरहेका छ । अञ्जनाले अभिनय गर्ने चौथो फिल्म डोरी लाई अरुण लामाले निर्देशन गर्नेछन् । यो फिल्म डोरीमा अञ्जना सँगै अभिनेता प्रकाश घिमिरेको पनि मुख्य भूमिका रहनेछन् । साथमा कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायत प्रवेश गरेका थिए । फिल्म हरर, थ्रिलर, एक्सन र कमेडी जनरामा बन्नेछ ।
‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूणर् निणर्यहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए । उनका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।
फिल्मको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् ।
‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको मङ्सिर दोस्रो सातादेखि छायाँकन सुरु हुनेछ ।