नीताको फिल्मले २ करोड कमायो, प्रदीप रावत हल जाँदै
नीता ढुंगाना निर्मित ‘ह्रस्व दीर्घ’ले दुई दिनमा दुई करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबार देशब्यापी ८० लाख ग्रस र शनिबार १ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी वितरक मनोज राठीले दिएका छन् ।
उनका अनुसार फिल्मले आइतबार पनि उत्साहजनक कलेक्सन गरेको थियो । अर्पझट सार्वजनिक बिदा पर्दा ह्रस्व दिर्घ हेर्न हलमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, प्रदीप रावत, गरिमा पन्त, आदर्श मिश्र सहित अन्य नेपाली र भारतीय कलाकारले अभिनय गरेका छन् ।
फिल्मले सुखद् सुरुवाती व्यापार गरेपछि निर्माण युनिट दंग देखिएको छ भने बलिउड अभिनेता रावत दर्शकसँग साक्षत्कार गर्न आइतबार नेपाल आएका छन् । उनी सोमबार साँझ हलहरुमा जाने कार्यक्रम छ ।