डेब्यु फिल्ममा कस्को पारिश्रमिक कति ?
बलिउडमा स्टार कलाकारहरु एउटै फिल्म खेलेको ५० करोड भारुसम्म लिन्छन । यो त हामि सबैलाई ज्ञात भएकै कुरा हो । आज हामी डेब्यु फिल्मका लागि स्टार कलाकारले पाएको पारिश्रमिकको बारेमा चर्चा गर्नेछौँ ।
हर्शवर्धन कपूर
बलिउडका सुपरस्टार अनिल कपूरका छोरा हर्षवर्धनले २०१६ मा ‘मिर्ज्या’बाट बलिउड डेब्यु गरे । ४५ करोड बजेटमा निर्मित फिल्मबाट हर्षवर्धनले एक सुको पनि नपाएको बलिउडको एक मिडियाले लेखेको छ ।
चर्चाका वावजुत ‘मिर्ज्या’ प्रदर्शनमा त आयो । तर, यो हर्षवर्धनको पहिलो गाँसमै ढुङ्गा सावित भयो । ‘मिर्ज्या’ले बक्स अफिसमा १० करोड मात्र कमाइ गर्न सक्यो । यसै वर्ष हर्षको नयाँ फिल्म ‘भावेश जोशी सुपरहिरो’मा आएको थियो । २० करोड बजेटमा निर्माण भएको फिल्मले बक्स अफिसमा २ करोड पनि कमाउन सकेन । यो फिल्मबाट हर्षले कति पारिश्रमिक लिए होलान त ? डेब्यु फिल्मको कमाइ हरेर आफै मुल्यांकन गर्न सकिन्छ ।
निध्ही अग्रवाल
यी अभिनेत्रीले सन् २०१७ मा टाइगर श्रोफको फिल्म ‘मुन्ना माइकल’बाट डेब्यु गरेकी थिइन् । सुन्दर भएकै कारण यिनले पहिलो फिल्ममा राम्रै पारिश्रमिक पाएकी थिइन् । ४५ करोड बजेटमा निर्माण भएको फिल्मबाट उनलाई १ करोड भारु दिइएको थियो ।
तर फिल्म बक्स अफिसमा फ्लप सावित भयो । फिल्मले घरेलु बक्स अफिसमा ३१ करोड माथि कमाइ गरेको थियो । पहिलो फिल्मको असफलता पश्चात निध्हीको पारिश्रमिक घटेको हल्ला छ । २०१९ मा रिलिज हुने गरि उनको अनटाइटल फिल्म घोषणा भैसकेको छ ।
इसान खत्तर
साहिद कपूरका सौतेनी भाई इसान यहिँ वर्ष बलिउडमा डेब्यु गर्दैछन । करण जोहरले निर्माण गरेको ‘धडक’मा इसान स्वर्गीय श्रीदेवीकी छोरी जाहन्वी कपूरको अपोजिटमा देखिँदै छन् ।
फिल्मको बजेट सार्वजनिक भैसकेको छैन । तर, इसानको पारिश्रमिकले अहिले बलिउड गर्माएको छ । उनले यो फिल्म खेलेवापत जम्मा ६० लाख भारु पाएको खबर छ ।
जाहन्वी कपूर
इसानसँगै बलिउडमा ‘धडक’बाट डेब्यु गर्दै लागेकी जाहन्वी इसान भन्दा बढी चर्चामा छिन् । कारण: बलिउड अदाकारा श्रीदेवीको निधन हुँदा जाहन्वी ‘धडक’ छायाँकनमा व्यस्त थिइन् । त्यसयता उनलाई बलिउड मिडियाले लगातार फलो गरिरहेका छन् । लाग्छ उनि सुपरस्टार हुन् ।
तर, यिनको पनि पारिश्रमिक इसानकै जति छ । ६० लाख मै जाहन्वील़ाई पनि अनुबन्धित गरिएको थियो ।
आयुषमान खुराना
सन् २०१२ मा ‘भिक्की डोनर’बाट डेब्यु गरेका आयुषमान अहिले पनि करियर बनाउनमै व्यस्त छन् । सानातिना बजेटका फिल्म खेल्दै करियर अगाडी धकेल्दै गरेका आयुषमानले पहिलो फिल्मबाट डेब्यु अभिनेताको अवार्ड पनि जितेका थिए ।
पहिलो फिल्म नै सुपरहिट दिएका आयुषमानले ‘भिक्की डोनर’बाट २५ लाख पारिश्रमिक लिएका थिए । जहाँ फिल्मको बजेटनै ५ करोड भारु थियो र बक्स अफिसमा विश्वव्यापी ५० करोड कमाइ गरेको थियो ।
टाइगर श्रोफ
२०१४ मा ‘हिरोपन्ती’बाट डेब्यु गरेका टाइगर स्टारका रुपमा उभिसकेका छन । यहीँ वर्ष प्रदर्शनमा आएको ‘बाघी २’ले टाइगरलाई एक्सन स्टारका रुपमा स्थापित गरिसकेको छ । ‘बाघी २’ले घरेलु बक्स अफिसमा १ सय ६५ करोडको व्यापार गर्दा टाइगरले पारिश्रमिक अझ बढाएका छन् ।
२५ करोड बजेटमा निर्माण भएको ‘हिरोपन्ती’मा टाइगरले १ करोड भन्दा बढी पारिश्रमिक लिएका थिए । ‘हिरोपन्ती’ले विश्वव्यापी ७५ करोड जति कमाइ गरेको थियो ।
सिद्धार्थ मलहोत्रा
सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’बाट डेब्यु गरेका सिद्धार्थले पहिलो फिल्म खेलेवापत १ लाख १० मात्र पारिश्रमिक पाएका थिए । जुन फिल्म करण जोहरले निर्माण/निर्देशन गरेका थिए ।
पहिलो फिल्मयता सिद्धार्थले दर्जनजति फिल्म खेलिसकेका छन् । जसमध्ये १० जति फिल्ममा करण जोहरले नै लगानी गरेका छन् । प्राय: फिल्ममा करणले लगानी गर्नु र यी दुईको निकटताले बलिउडमा बेलाबखत सिद्धार्थ-करणको सम्बन्धका कुरा पनि बाहिरिन्छन । तर यी दुई आफ्नो सम्वन्धका बारेमा मुख खोलेका छैनन् ।
ऋतिक रोशन
सन् २००० मा ऋतिकले ‘कहो ना प्यार हे’बाट लिड हिरोको रुपमा डेब्यु गरेक थिए । तर. उनको अभिनयका हिसावले पहिलो फिल्म १९८० को ‘आशा’ थियो । यो फिल्ममा उनले बालकलाकारको रुपमा अभिनय गरेका थिए ।
आज हामी यहिँ फिल्मको पारिश्रमिकको बारेमा कुरा गर्नेछौँ । ‘आशा’मा उनले बालकलाकार स्वरुप जम्मा १०० भारु लिएका थिए ।
अक्षय कुमार
सन् १९९१ मा अक्षयके फिल्म ‘सुगन्ध’बाट डेब्यु गरेका थिए । जतिबेला फिल्मको बजेट जम्मा ५ करोड भारु थियो । पहिलो फिल्मबाट अक्षयले ५ हजार भारु पारिश्रमिक लिएका थिए ।
अहिले अक्षय एउटा फिल्म गरेवापत २० करोड बढी पारिश्रमिक लिन्छन । आजभोलि उनका फिल्म लगालग हिट भैरहेका छन् ।
सलमान खान
सन् १९८८ मा फिल्म ‘बीबी हो तो एइसी’मा सहायक भूमिकामा काम गर्दा सलमानले मासिक १५ सय पारिश्रमिक लिन्थ्ये । उनको अभिनयका हिसावले यो नै पहिलो फिल्म थियो ।
लिड हिरोमा ‘मैने प्यार किया’बाट डेब्यु गरेका सलमानले यसमा पनि कम पारिश्रमिक नै लिएका थिए । स्रोतका अनुसार यो फिल्मबाट उनले ३१ हजार भारु पारिश्रमिक पाएका थिए । अहिले सलमान बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेताको पहिलो नम्बरमा छन् ।
आमिर खान
सन् १९८८ कै ‘कयामत से कयामत तक’बाट डेब्यु गरेका आमिर, अहिले बलिउडका बक्स अफिसका लिडिङ लिडर मानिन्छन ।
पहिलो फिल्म खेलेवापत आमिरले ११ हजार पारिश्रमिक लिएका थिए ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनले सन् १९६९ मा फिल्म ‘७ हिन्दुस्तानी’बाट डेब्यु गरेका थिए । यो फिल्म खेलेवापत उनले ५ हजार भारु लिएका थिए । जुन पारिश्रमिक ४९ वर्ष पहिलेको राम्रै हो ।
४९ वर्ष पहिलेदेखि अभिनय थालेका अमिताभले अहिले पनि फिल्म खेलिरहेका छन् ।