चलचित्र पत्रकार सविन शाक्यद्वारा पासो लगाएर आत्महत्या
चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । ५३ वर्षिय पत्रकार सविन शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे बस्दै आइरहेको गौरीघाट कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेको फिल्म ब्ल्याक डायरीका निर्माता अनोज अधिकारीले जानकारी दिए । पत्रकार शाक्यले ब्ल्याक डायरीको स्क्रिप्ट लेखेका थिए । शवलाई हाल टिचिङ अस्पतालमा राखिएको छ ।
निर्माता अधिकारीका अनुसार परिवारको नाममा एउटा पत्र लेखेका छन् । तीन अंक लामो पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको लगायत यावत कुराहरु उल्लेख गरेको बताइन्छ । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाण्डौंका स्थायी उनी गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए । लामो समय चलचित्र पत्रकारिता गरेका स्व.लाई शाक्यप्रति हार्दिक श्रद्धाञ्जली !