find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सिग्नेचर’ को एक दिने अभियान

वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियान सम्पन्न गरेको हो । एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो । सोही अवसरमा फिल्मको प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीसँगै फिल्मका कलाकार दर्शकसँग अन्तरसंवादमा संलग्न भएका थिए ।


जीवनमा अहिलेसम्म चुरोट समेत सेवन नगरेका विनोद पौडेलले सुटिङका लागि चुरोट सेवन गुर्न पर्दा गाह्रो भएको अनुभव सुनाए । ‘फिल्ममा मेरो भूमिका दुव्र्यसनीको छ भन्ने मलाई थाहा थियो । जिन्दगीमा चुरोट पनि नखाएको मान्छे फिल्ममा दुव्र्यसनीको भूमिका गर्दा गाह्रो भयो,’ फिल्मको ‘थिङक पोजिटिभ ग्लोबल क्याम्पेन’ अन्तर्गत शनिबार युवालाई फिल्म देखाएपछिको अन्तरसंवादमा उनले भने, ‘ भूमिकामा डुब्न मैंले थुप्रै दुव्र्यसनीसँग भेटे र संगत गरे र मेरा लागि त्यहि सबैभन्दा कठिन काम थियो । त्यो परिवेशभन्दा कोशौं टाढा रहेको मान्छेलाई साँच्चैभन्दा एक मिनेटका बसाइ पनि युगौं जस्तो लाग्थ्यो ।’

‘कुलतमा लागेपछि मानवीय व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुरा सिग्नेचरबाट सिके,’ उनले भने । फिल्ममा विनोदले अच्युत सिटौलाको चरित्र निर्वाह गरेका छन् जसको वास्तविक कथामा फिल्म बनेको हो ।विनोदकी प्रेमिकाका रूपमा अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेकी छिन् । उनको पनि यो पहिलो फिल्म हो । फिल्ममा आस्था बनेकी नम्रताले विनोदलाई छोड्ने र अर्कोसँग विवाह गर्ने सन्दर्भ छ । छलफलका क्रममा दर्शकले नम्रताले छाड्ने कारणका सम्बन्धमा जिज्ञासा राखेका थिए । नम्रताले विनोदलाई छाड्नुका कारण आफूलाई पनि थाहा नभएको बताइन् । ‘नढाँटी भन्नु पर्दा यसकोे कारण मलाई पनि थाहा छैन । मेरै मनमा पनि योे प्रश्न नाचिरहेको छ,’ नम्रताले भनिन् ।

निर्देशक तथा निर्माता सागर उद्गमले हल नभएका स्थानमा पनि फिल्म देखाइने बताए । ‘हाम्रो उद्देश्य हल नभएका ठाउँमा लगेर फिल्म देखाइ सचेतना जगाउने हो,’ निर्देशक उद्गमले भने, ‘फिल्मको नाम कथामा नदेखिए पनि दुव्र्यसन छोड्नुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गर्नेको मनमा आएको भावना नै सिग्नेचरको अर्थ हो ।’ सागर अस्कर कलेज अफ फिल्म स्टडिजका सभापति पनि हुन् । फिल्ममा विनोद, नम्रता र सन्दिपसँगै जीवनसाथी बस्नेत, निर्णय श्रेष्ठ, जेबी डिसी, सरिता गिरी, प्रज्ञा जोशीलगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha