‘जो जो’ मा सँगै सौगात र अर्पण
‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टले नयाँ जो जो मा नायक सौगात मल्ल र अर्पण थापा पक्का भएका छन् । सौगात र अर्पणसँगै यो एक्सन लभ स्टोरी फिल्ममा देबु श्रेष्ठ र नविन शाह अनुबन्धित भएका छन् ।
चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने सिनेमाको नाम ‘जोजो’ तय भएको छ । सिनेमाको लागि नव(प्रस्तुतिमा सिर्जना सिन्हा र फजिल अहमद फाईनल भएका छन् । कार्तिक अन्तिम साताबाट छायाँकनमा उत्रिने सिनेमालाई युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने छ ।
मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने ‘जोजो’मा चिजकुमार श्रेष्ठ, देबु श्रेष्ठ र सुवोद भट्टको लगानी रहनेछ । पुरुषोत्तम प्रधानको छायाँकन, दीपक आरजेको संगीत रहने सिनेमाको लागि सिमसम तामाङद्वारा सौगात र अर्पणलाई दुई महिनाको तालिम दिइनेछ । सौगात र अर्पणले यसअघि ‘बधशाला’, ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’ र ‘डाइङ क्यान्ड’ मा सँगै काम गरेका छन् ।