अक्षय कुमारको ‘गोल्ड’ सय करोड क्लवमा पुग्यो
स्वतन्त्र भारतको पहिलो हकी ओलम्पिक गोल्डको कहानीमा आधारित फिल्म ‘गोल्ड’ ले १३ आंै दिनमा एक सय करोड कमाएको छ । रिमा काग्ती निर्देशित यो फिल्मले हालसम्म १०० करोड ४५ लाख कलेक्सन गरिसकेको छ रिपोर्ट सार्वजनिक भएको छ ।
स्वतन्त्र दिवसको अवसर पारेर रिलिज भएको अक्षय कुमारको फिल्म गोल्ड १३ औं दिनमा आइपुग्दा सय करोडको क्लबमा प्रवेश गरेको हो । यो फिल्मलाई स्वतन्त्र दिवस र रक्षा बन्धन दुई दिने सावर्जनिक विदाले गर्दा पनि फाइदा भएको थियो । अक्षयको सय करोडको क्लबमा पुग्न सफल पहिलो फिल्म भने होइन । उनका ९ वटा फिल्महरु सय करोडको क्लबमा पुगिसकेका छन् ।
‘ट्वालेट एक प्रेम कथा’ ले ८ दिनमा र ‘राउडी राथोड’ ले ११ दिनमा एक सय करोड कमाएको थियो । उनको फिल्म ‘हाउसफूल ३’ ले १३ दिनमा १०९ करोड कमाएको थियो भने ‘गोल्ड’ ले १३ दिनमा १००.४५ करोड कमाएको छ ।