find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सायद २’ पछि नयाँ कलाकारलाई ढोका बन्द : निर्माता रावल

नयाँ कलाकार लिएर ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ र ‘सायद २’ फिल्महरु बनाएका निर्माता सुनिल रावलले आगामी फिल्ममा भने नयाँ कलाकारहरु नलिने घोषणा गरेका छन् । उनले आइतबार फेसबुक लाइभ गर्दै दुर्गिश ब्यानरमा नयाँ कलाकारलाई ढोका बन्द भएको घोषणा गरेका हुन् ।


‘सायद २’ ले सोचे जस्तो राम्रो व्यापार नगरेपछि निर्माता रावल यस्तो निर्णय लिन बाध्य भएका हुन् । निर्माता रावलले आगामी फिल्ममा अग्रज तथा दर्शकले चिनेका कलाकारलाई लिएर फिल्म बनाउने बताएका छन् । सायद २ व्यापारिक रुपमा असफल भएपछि निर्माता रावलले आइतबारको फेसबुक लाइभमा भनेका छन्, ‘सायद नयाँ कलाकारलाई चिन्नु भएन होला । दर्शकलाई पुरानो कलाकार जो म्युजिक भिडियोमा चलेर फ्यान बनाएका छन् या चलचित्रमा आफू चलि सकेका छन् । उहाँहरुलाई नयाँ कलाकार भन्दा पुरानो कलाकार हेर्ने बानी रहेन । अब मेरो चलचित्रमा नयाँ कलाकारको लागी ढोका बन्द भएको छ ।’

नयाँ कलाकारलाई आफ्नो ब्यानरले अवसर दिएपनि नयाँ कलाकार लिएर बनाएको फिल्म ‘सायद २’ लाई दर्शकको साथ नमिलेको निर्माता रावलको बुझाई छ । तर संयम पुरी, अनमोल केसी, सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का जस्ता कलाकारहरु लिएर निर्माता रावलले बनाएका फिल्महरु सायद, होस्टेल र होस्टेल २ जस्ता फिल्महरु व्यापारिक रुपमा सफल भएका थिए । ‘सायद २’ मा ‘होस्टेल रिटन्र्स’ का सुशिल श्रेष्ठ, नव कलाकारहरु अमृत ढुंगाना, कुशल पाण्डे, स्यारोन श्रेष्ठको मुख्य भूमिकामा प्रस्तुत भएका छन् । नव कलाकार ढुंगानाले फिल्मबाट प्रशंसा पाइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha