राजकुमार र श्रद्धाको ‘स्त्री’ सय करोड क्लब नजिक
सुपरहिट फिल्मको रुपमा दहरिएको फिल्म ‘स्त्री’ले दोस्रो हप्तामा अप्रत्यासित कमाइ गरेको छ । राजकुमार राव र श्रद्धा कपुरको यो हहर कमेडी फिल्म स्त्रीले पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता धेरै कमाइ गरेको हो । दोस्रो हप्ता मंलबार बक्स अफिस कलेक्सनमा ३.२२ करोड जम्मा गरेको छ ।
एक सय करोडको कलेक्सनतर्फ अगाडि बढदै दोस्रो हप्ताको मंगलबार समेत ३.२२ करोड कमाएको छ । हलमा ५–६ वटा फिल्म लाग्दा पनि दर्शकको पहिलो रोजाइमा भने स्त्री नै पर्ने गरेको छ । हलिउड फिल्म ‘द नन’ को केहि असर देखिए पनि यो फिल्मलाई बलिउड फिल्मको भने केहि असर परेको छैन ।
स्त्रीमा राजकुमार राव र श्रद्धा कपुरको जोडिलाई पनि दर्शकहरुले निकै मन पराएका छन । यो फिल्मले पहिलो हप्ता ६०.३९ करोड कमाएको छ भने हालसम्म ८८.८२ कमाएको फिल्म सय करोडको क्लबमा पुग्न भने बाँकी रहेको छ ।