यशपाल शर्मा : भाडा माझ्नेदेखि निर्देशकसम्म
यशपाल शर्माले जीवनमा साइकलको पंचर बनाए, भाँडा माझे, किराना पसलमा काम गरे । र आटाको चक्की पनि पिसे । ‘लगान’ र ‘गंगाजल’ जस्ता हिट फिल्ममा काम गरेका यशपाल शर्मा अब फिल्म निर्देशन गर्नतिर लाग्दैछन् । उनको फिल्म हरियाणाका शेक्सपीयर भनेर चिनिने फोक आर्टिस्ट र कवि लखमीचन्दको जीवनमा आधारित हुनेछ ।
नाटकका लागि घरबाट भागेका थिए यशपाल
२२ वर्षको उमेरमा उनी हरियाणाको हिसारबाट आफ्नो घर छोडेर दिल्ली आए । अभिनयको भोक उनमा कति थियो भने पत्रिकामा नाटक ‘आधा युग’ को मन्चनको खबर सुनेर हेर्न जाने मन बनाई घरबाट निस्किए । यो नाटक उनलाई यति मन पर्यो कि, उनी चार महिनासम्म घर फर्केर आएनन् । जब चार महिनापछि घर फर्किए, मान्छेले कहाँ गएको ? के गर्न गएको ? भनेर सोध्न थाले । जवाफमा उनले अभिनय गर्न चाहान्छु भन्दा उनको कुराले परिवारका सदस्य कसैलाई पनि खुसी बनाउन सकेन ।
हरेकको मनमा अभिनय भनेको नौटंकी हो र यसमा केही कमाइ हुँदैन भन्ने धारणा थियो । उनका परिवारलाई पनि यही लागेर सहयोग गरेका थिएनन् ।
पढाइ खर्चका लागि पार्ट–टाइम जब
कक्षा १० पास गरेपछि यशपालले एउटा दुःखद अवस्थाको भोग्नुपर्यो । त्यो के भने, उनकी आमको मृत्यु भएको थियो । उनका बुबा जिम्मेवारहीन थिए । त्यसैले पढाइ पूरा गर्नका लागि आफंै पार्ट टाइम जब गर्न सुरु गरेका थिए । कुनै काम सानो भनेनन् । यसरी संघर्ष गर्दागर्दै यशपाल दिल्लीको नेशनल स्कुल अफ डाम्रा (एनएसडी) पुगे । एनएसडीमा पढाइ सकेर जब यशपाल घर पुगे तब छिमेकीहरूले सोधे– फिल्ममा कहिलेदेखि आउँछौ ? उनलाई गिज्याउँदै भन्थे, फिल्मको ट्रेनिङ लिएर पनि फिल्लमा किन देखिँदैनौ ?
पढाइ सकेर सन् १९९६ मा यशपाल मुम्बइ पुगे । फिल्म खैल्दैछ भनेर कसैले पत्याएनन् यशपालको पहिलो फिल्म हो, ‘हजार चौरासी की मां’ । त्यसपछि उनले ‘शूल’ फिल्म गरे । त्यसपछि फेरि तेस्रो फिल्म ‘अर्जुन पण्डित’ मा काम गरे । जब फिल्ममा काम मिल्न थाल्यो, यशपालले घरमा फोन गरेर भने कि, म सनी देवलसँग फिल्म शुटिङ गर्दैछु । तर, कसैलाई विश्वास भएन । घर–परिवारले उनलाई आफ्नो ख्याल राख्नु भने । तर, जब उनी पर्दामा देखिए तब सबैलाई विश्वास भयो– साँच्चिैकै यशपाल फिल्ममा खेलेका छन् ।
२०१८ मा आउने फिल्म
यही वर्षमा यशपालका ३ फिल्म रिलिज हुँदैछन् । यशपाल र जिम्मी शेरगिल स्टारर बायोपिक फिल्म ‘एसपी चौहान एन अनटोल्ड स्टोरी’ अगस्टमा रिलिज हुँदैछ । यसको कास्टिङ यशपालले गरेका छन् । दोस्रो चाहिँ विजय भोलाले निर्देशन गरेको फिल्म ‘मिस्टर पानवाला’ हो । यसमा उनी लखनउको पानवालाको रोलमा देखिने छन् । र, तेस्रो फिल्म ‘फागुन हवाएं’ जुन बंगाली भाषाको फिल्म हो । यी तीन बाहेक यशपालको अर्को फिल्म पनि छ ‘मिलन टाकिज’ । तर, यो अर्को वर्ष मात्रै रिलिज हुनेछ ।
निर्देशनमा पनि डेब्यु गर्दै
यशपाल शर्मा अब निर्देशन पनि गर्दैछन् । करीब डेढ वर्षदेखि यसको तयारीमा जुटिरहेका छन् । जुन, हरियाणी कवि पण्डित लखमीचंदको जीवनमा आधारित बायोपिक हिस्टोरिकल ड्रामा फिल्म हो । यशपालका अनुसार यो फिल्मको कथा १ सय १५ वर्ष पहिलेको हो । आफूले यसका लागि थुप्रै अनुसन्धान गरेको बताएका छन् ।
फिल्मको लेखनमा राजु मान् छन् भने निर्माता र निर्देशक यशपाल आफैं हुन् । यस्तै लखीमचंदको भूमिकामा पनि यशपाल आफैं खेल्ने छन् ।