आलियासँग ब्रेकअप हुँदा सिद्धार्थलाई घाटै घाटा !
फिल्म ‘सडक २’ मा आलिया अनुबन्धित भएकी छन् । यो फिल्मलाई महेश भट्टले निर्देशन गर्दैछन् । आलियासँगै यो फिल्ममा सिद्धार्थ मल्होत्रा पनि हुने चर्चा निकै चलेको थियो ।
निर्देशक भट्ट लामो समय देखि फिल्मको तयारी गरिरहेका थिए त्यसैले पनि यो फिल्ममा सिद्धार्थ हुने तय थियो । तर आलियासँग ब्रेकअप भए पछि सिद्धार्थ फिल्मबाट वञ्चित भएका छन् । सडक २ का सबै स्टार कास्ट फाइनल भैसकेका छन् । फिल्ममा आलिया भट्ट, संजय दत्त, पुजा भट्टका साथै आदित्य राय अटाए तर सिद्धार्थ अटाएनन् ।
ब्रेकअपपछि आलिया सिद्धार्थसँग फिल्ममा काम नचाहेपछि महेश भट्टले सिद्धार्थको ठाँउमा आदित्यलाई कास्ट गरेका हुन । बीस वर्ष पछि फिल्म निर्देशनमा फर्कन लागेका भट्टले सन् २०२० मार्च २५ मा ‘सडक २’ रिलिज हुने घोषणा गरेका छन् ।
सिद्धार्थको हातबाट यो मात्र होइन एक अर्का फिल्म ‘आशिकी ३’ पनि निस्किएको छ । पछिल्लो समयमा उनलाई खासै फिल्मको अफर आइरहेको छैन, त्यसैले सिद्धार्थलाई फिल्मको जरुरत थियो । उनले आलियासँग बेकअप गरेर निकै घाटा खेपिरहेका छन् । यसैले आलियासँग ब्रकेअप भएपछि सिद्धार्थलाई घाटै घाटा लागेको बलिउडमा चर्चा छ ।