नाना पाटेकरमाथि सेक्सुअल ह्यारेस्मेन्टको आरोप
बलिउड अभिनेत्री तनुश्री दत्तले ६७ वर्षको अभिनेता नाना पाटेकर विरुद्ध ’सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप लगाएकी छन् । ‘आशिक बनाया आपने’ र ‘ढोल’ फिल्ममा काम गरेकी तनुश्रीले १० वर्षपछि २००८ मा ‘हर्न ओके प्लीज’ को सेटमा आफूसँग घटेको घट्नाको बारेमा विस्तृतमा बताएकी हुन् ।
तनुश्रीको अनुसार ‘नाना पाटेकरको सेटमा उनको काम नहुँदा पनि उनी आउँथे र कोरियोग्राफरलाई तिमी जाऊ म डान्स सिकाउँछु भन्थे । नानाले सुटिङको पहिलो दिनबाट नै मसँग गलत हर्कत सुरु गरेका थिए ।’ पटकपटक दुव्र्यबहार गरेपछि उनले नानाको बारे निर्माता र निर्देशकलाई बताएपनि उनीहरु नसुने झैं गरिदिएको उनको दाबी छ ।
तनुश्रीका बुबालाई नानाको हर्कतको बारेमा थाहा भएपछि उनले निर्मातासँग कुरा गरेका थिए । उनले निर्मातालाई स्पष्ट भनिदिएका थिए ‘मेरी छोरीले नानासँग इन्टिमेट सिन गर्दिनन् ।’ पछि तनुश्रीले उक्त फिल्म छाडिन् र फिल्ममा राखी सावन्त भित्रिएकी थिइन् ।
तनुश्रीले भनिन, ‘नानाले केवल मलाई ह्यारेस्मेन्ट मात्र गरेनन् सेटमा पोलिटिकल पार्टी एमएनएसलाई बोलाएर मेरो गाडी तोडफोड पनि गरेका थिए । जब एमएनएसका व्यक्तिले मेरो गाडी तोडफोड गर्न लागेका थिए तब निर्माताले पनि रोकेनन् किनकी उनीहरुलाई पब्लिसिटी मिलिरहेको थियो ।’