नाना पाटेकरले तनुश्रीमाथि कानुनी कारबाहिको माग गरे
तनुश्री दत्तका अनुसार हर्न ओके प्लीज फिल्मको सेटमा नाना पाटेकरले उनीमाथि दुरव्यवहार गरेका थिए । नाना पाटेकरले यो आरोप गलत भएको भन्दै कानुनी कारबाहीको लागि तनुश्रीलाई ‘लिगल नोटिस’ पठाएका छन् ।
नानाले आफनो इमेज घटाउनलाई यस्तो आरोप लगाएको भन्दै आएका छन् भने यतिबेला तनुश्रीले दिएको बयान अनुसार हर्न ओके प्लीजको सेटमा तनुश्रीमाथि गरिएको आक्रमण भिडियो भाइरल भएको छ । अमेरिकामा बस्ने तनुश्री दत्त अहिले भारत आएकी छन् । उनी धेरै लामो समयदेखि फिल्मबाट टाढा रहेकी थिइन् । नाना पाटेकर र तनुश्रीको हर्न ओके प्लीज फिल्म २००९ मा रिलिज भएको थियो ।
अभिनेत्री तनुश्री दत्त र नाना पाटेकरको कन्टोर्भसीले बलिउड दुई भागमा बाँडिएको छ । अमिताभ बच्चन, सलमान खान र आमिर खान जस्ता ठूला सुपरस्टारहरुले यस आरोपप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् । पुजा भट्ट, फरहान अख्तर, स्वाँरा भास्कर, सोनम कपूर, ट्विंकल खन्ना, प्रियंका चोपडा र अनुराग कश्यप लगायतका सेलिब्रेटीहरु तनुश्रीको पक्षमा देखिएका छन् ।
अमिताभ बच्चनसँग मिडियाले यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले केही पनि बोल्न चाहेनन् । अमिर खान र सलमान खानले कुनै पनि घटनाको बारेमा पुरा जानकारी नभई आफू केही पनि नबोल्ने बताएका थिए ।