चिनियाँ नायिकालाई १३ करोड डलर जरिवाना
चिनियाँ अभिनेत्री फान बिङबिङले हालै करोडौं जरिवाना तिर्न लगाइएको छ । कर छली गरेको आरोपमा उनलाई १२ करोड ९० लाख डलर जरिवाना तिर्न लगाइएको हो ।
फान चीनमा सबैभन्दा धेरै कमाउने अभिनेत्री हुन् । ३७ वर्षिय अभिनेत्री फान हलिउडको एक्स म्यान र आयरन म्यान जस्ता फ्रेन्चाइज फिल्ममा अभिनय गरिसकेकी छन् । जुलाई देखि उनी कहीं कतै सार्वजनिक भएकी थिइनन् । बुधबार उनले आफ्ना प्रशंसकलाई अचम्मित बनाउने गरी सामाजिक सञ्जालमा आफू धेरै दुःखमा भएको र सबैसँग माफी मागेको लेखेकी थिइन् ।
आफ्नो गल्ति स्विकार गर्दै सबै पैसा जुटाएर छिट्टै जरिवाना तिर्ने समेत उनले उल्लेख गरेकी छन् । सत्ताधारी कम्युनिष्ट पार्टीको तारिफ गर्दै देश र पार्टीको नीति र आफ्ना प्रशंसक विना आफू केही नभएको पनि बताएकी छिन् ।