‘ए मेरो हजुर २’ को प्रोमोले तोड्यो ‘लुट २’ को रेकर्ड
फिल्म ‘ए मेरो हजुर २’ को प्रोमोले युटुवमा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक सर्वाधिक हेरिएको फिल्म ‘लुट २’ को प्रोमोले राखेको रेकर्डलाई पछि पार्दै यो फिल्मको प्रोमोले नयाँ रकेर्ड कायम गरेको छ । ‘ए मेरो हजुर २’ को प्रोमोलाई २४ घण्टामा पाँच लाख बढीले हेरेका छन् । ‘लुट २’ को प्रोमोलाई २४ घण्टामा तीन लाख पचहत्तर हजारले हेरेका थिए । शुक्रबार राती अपलोड गरिएको प्रोमोलाई आइतबार बिहानसम्म ६ लाख बढीले हेरेका छन् । प्रोमो:
झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ मा साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमा बनियाँको मुख्य भूमिका रहेको छ । भदौ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।