श्रद्धा कपुर डेङ्गुको शिकार, सुटिङ छोडिन्
बलिउड चर्चित अभिनेत्री श्रद्धा कपुर बिरामी परेकी छन् । भारतीय मिडियाका अनुसार उनलाई डेङ्गु लागेको छ । डेंग्यु लामखुट्टेको टोकाइबाट सर्ने एक ट्रोपिकल रोग हो ।
बिरामी परेपछि उनले साइना नेहवालको बायोपिक फिल्मको सुटिङ गर्न नसक्ने हुँदा केहि दिनको लागि विश्राम लिएकी छन् । साइना भारतकी प्रख्यात टेनिस खेलाडी हुन् ।अहिले उनी डाक्टरको सल्लाह अनुसार बेड रेस्ट गरिरहेकी छन् ।
श्रद्धा केही दिनमा स्वास्थ भई सुटिङमा फर्किने फिल्म युनिटको विश्वास छ । उनी नफर्किउन्जेल बालकलाकारलाई लिएर साइनाको बाल्यकालका घटनाको सुटिङ गर्ने निर्माण पक्षले तयारी गरेको छ ।