एसिड आक्रमणमा परेकी युवतीको भूमिका गर्दै दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोणले एसिड आक्रमणमा परेकी युवतीको वास्तविक कथामा फिल्म खेल्ने भएकी छन् । उनी एसीड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भुमिकामा देखिने भएकी हुन् ।
‘राजी’ फिल्मको निर्देशक मेघना गुल्जारको निर्देशनमा बन्ने फिल्मको नाम भने अझै खुलाइएको छैन । उनले भनिन् ‘यो कहानी सुन्ने बित्तिकै मनमा चिसो पस्यो, मलाई लाग्यो यो फिल्म मैंले गर्नै पर्छ । मेरो लागि यो फिल्म हिंसा मात्र नभएर साहस, तागत, आशाको कहानी हो । यो कहानीबाट म प्रभावित भएकी छु ।’
२००५ मा १५ बर्षकी लक्ष्मीलाई दिल्लीमा बाटो हिंडिरहेका बेला ३२ बर्षका व्यक्तिद्वारा एसिड आक्रमण भएको थियो । अहिले उनी एसिड आक्रमणमा परेकाहरुको लागि काम गछिन् । अब उनको कथामा दीपिकाले अभिनय गर्ने भएकी छन् । संजय लिला भन्सालीको फिल्म ‘पद्मावत’मा देखिएकी दिपिका हालै कुनै फिल्ममा अनुबन्धित छैनन् ।