‘क्विन’ निर्देशक माथि कंगनाले लगाइन् दुरव्यहारको आरोप
बलिउड अभिनेत्री कंगना रनावतले फिल्मका निर्देशक विकाश बहलले दुरव्यवहार गरेको आरोप लगाएकी छन् । केहि समय अगाडी मात्रै तनुश्रीको केश बाहिरिएको थियो । एउटा केश सेलाउन नपाउदै कंगना रनावतले पनि दुरव्यवहारको केश उठाएकी छन् । विकाश बहललाई कंगनाले मात्र होइन, ‘फन्टम फिल्मस’ की एक महिला कर्मचारीले पनि विकासले गरेको दुरव्यवहार खुलाएकी छन् ।
उनले यो केश पहिलै सार्वजनिक गरेकी थिइन् । उनले न्याय नपाएपछि फेरि यो केशलाई उठाएकी छन । ति महिला कर्मचारीले आफूमाथि निर्देशक विकास बहलले २०१५ मा गोवामा अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
कंगनाले त्यो महिलाको सर्पोटमा बोल्दै भनिन् ‘विकाश र म जब २०१४ मा ‘क्वीन’ फिल्मको शुटिङमा थियौं, त्यो समयमा हरेक दिन नयाँ केटिसँग रिलेशन बनाउँथे ।’ उनले भनिन् ‘हामी जहिले भेट्दा पनि उहाँ पछाडिबाट कसिलो गरेर समात्थे र मेरो कपाल सुम्सुम्यादै सुँघ्थे । त्यति बेला उनलाई हटाउन धेरै जोर लगाउनु पथ्र्यो ।’
विकास फन्टम फिल्मको छायांकनमा अनुराग कश्यप, विक्रमादित्य मोटवानी र मधु मन्तेनाको साथमा थिए । ६ अक्टुबर २०१८ मा अनुराग कश्यपले विकाससँगको सहकार्यलाई टुंग्याएको जानकारी दिएका थिए । पहिला चुप बसेका अनुरागले सहकार्य टुटेपछि यस विषयमा आफ्नो गल्ती भएको स्विकारेका छन् ।