नाना पाटेकरले प्रेसमिट गरे, तर केही बोलेनन्
अभिनेता नाना पाटेकरविरुद्ध बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि अहिले भारतमा यो विषय निकै चर्चामा छ । सोमबार नाना पाटेकरले पत्रकार सम्मेलन गर्दै तनुश्रीका आरोपबारे पहिलो पटक मिडियामा आएर आफनो सफाइ दिएका छन् ।
नाना पाटेकरले पत्रकार सम्मेलनमा भने, ‘मेरा वकिलले अहिले यो विषयमा केही नबोल्नु भनेका छन्, त्यसैले अहिले म केही पनि बोल्दिनँ ।’ नाना पाटेकरले यो विषयमा आफूले १० वर्ष अगाडि नै कुरा गरिसकेको र यो आरोप गलत भएको पनि बताएका छन् । उनले जे कुरा अहिलेका लागि सत्य हुन्छ, त्यो सधैंका लागि सत्य हुने र १० वर्षपछिका लागि पनि सत्य हुने बताएका छन् । पत्रकार सम्मेलनमा नाना पाटेकरलाई पत्रकारहरुले तनुश्रीको आरोपबारे बोल्न निकै दबाब दिएका थिए । तर, उनले यस विषयमा केही पनि बोलेनन् ।
फिल्म ‘आशिक बनाया आपने’बाट स्थापित भएकी अभिनेत्री तनुश्री दत्ताले फिल्म ‘हर्न ओके प्लिज’ फिल्मको सुटिङको समयमा नाना पाटेकरले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । नाना र तनुश्रीको फिल्म हर्न ओके प्लिज सन् २००९ मा रिलिज भएको थियो ।