जन्मदिनमा मेघास्टार बच्चनको साउथ इन्डियन लुक्स
बलिउड अभिनेता अमिताभ बच्चनले बलिउड फिल्ममा आफनो छाप छाडिसकेका छन् । अब उनी साउथ इन्डियन फिल्ममा डेब्यु गर्दैछन् । उनको जन्म दिनको अवसर पारेर साउथ इन्डियन फिल्म ‘सई रा नरसिम्हा रेड्डी’को लुक्स सार्वजनिक गरिएको छ । टिजर हेर्नुस् :
यो फिल्ममा उनको मुख्य भुमिका छ । सार्वजनिक भिडियोमा सेतो दारीका साथ निधारमा रातो टिका लगाएका साउथ इन्डियन लुक्समा प्रस्तुत गरिएको छ । बलिउडका मेघास्टारको यो टिजरमा लुक्स जर्बजस्त छ । स्वतन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनीमा आधिरित फिल्ममा सुपरस्टार चिरन्जीवीको साथमा अमिताभ देखिने छन् । आफनो भुमिका बारेमा गर्व गदैै सामाजिक सञ्जालमा लेखेका छन, ‘म अहिले इतिहासको सबै भन्दा बहादुरको भुमिका निभाइरहेको छु, यो फिल्म तेल्गु, तमिल, कन्नड र मलयालम गरी चार भाषामा रिलिज गरिने छ ।’
केहि समय अघि मात्रै उनको ‘ठग्स अफ हिन्दोस्तान’को वीर योद्धाको लुक्स सार्वजनिक गरिएको थियो । अहिले साउथ फिल्मको छायाँकन हैदरावादमा भईरहेको छ । नयनथरा र जगपति बाबुको पनि अभिनय रहेको फिल्मलाई सुरेन्द्र रेड्डीले निर्देशन गरिरहेका छन् ।