पुर्व मिस नेपाल उषा खड्गीले ‘आउँदै जाँदै’ बनाउने, श्रीमानले निर्देशन गर्ने
मिस नेपाल (२०००) उषा खड्गीले फिल्म निर्माण गर्ने भएकी छिन् । उषाले निर्माण गर्ने फिल्म ‘आउँदै जाँदैै’ को आइतबार औपचारिक रुपमा घोषणा गरियो । रोमान्टिक कमेडी जनराको फिल्मलाई उषाका पति जिपी तिमल्सिनाले निर्देशन गर्नेछन् । जिपी झण्डै डेढ दशकदेखि मिडिया क्षेत्रमा सक्रिय छन् ।
तिहारपछि छायाँकन सुरु गरिने फिल्मको मुख्य कलाकारहरु भने तय भैसकेका छैनन् । प्रेसमिटमा निर्देशक तिमल्सिनाले कलाकारहरु चाँडै नै तय गरिने बताए । २६ वर्षका युवाहरुको प्रेम कथालाई पर्दामा उतारिनेछ । काठमाण्डौं, पोखरा, चितवन र पश्चिम नेपालमा छायाँकन गरिने फिल्मको लगानी एक करोडसम्म पुग्ने आँकलन गरिएको छ । प्रेसमिटमा निर्देशक तिमल्सिनाले आफुले निर्देशन गर्ने फिल्मले दश करोड सम्म कमाउन सक्ने आँकलन गरे ।
सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको रहेको फिल्म ‘आउँदै जाँदै’ मा सन्तोष अधिकारी र मनोज बदेल सह निर्माताको रुपमा रहेका छन् ।