यी हुन् बलिउडका सफल राजनीतिज्ञ अभिनेत्री
बलिउडमा फिल्ममा सफलता पाएपछि महिला कलाकारको सक्रियता राजनीतितिर पनि उत्तिकै छ । सक्रियतासँगै महिला कलाकारले राजनीतिमा सफलता पनि हासिल गरिरहेका छन् ।
किरण खेर
किरण खेर अभिनयका साथै राजनीतिमा पनि अब्बल छिन् । अहिले उनी चण्डीगढ संसदीय क्षेत्रकी सांसद हुन् । उनले २०१४ मा लोकसभा चुनावमा भाग लिएर सक्रिय राजनीतिका पाइला राखेकी थिइन् । बिजेपीको टिकटमा चण्डीगढबाट चुनाव लडेर उनले जित हाँसिल गरेकी थिइन् । देवदास, दोस्ताना, कभी अलबिदा ना कहना, ओम शान्ति ओम र खुबसुरत जस्ता फिल्ममा आफ्नो अभिनय दिएकी छिन् । सांसद बनेपछि भने उनी कमै मात्रामा फिल्ममा देखिएकी छिन् ।
रेखा
रेखाले बाल कलाकारका रूपमा फिल्म खेल्न सुरुवात गरेकी थिइन् । उनले पहिलो पटक १९६६ मा तेलुगु फिल्ममा आफ्नो अभिनय गरेकी थिइन् । उनले अभिनेत्रीका रूपमा ‘अपरेसन ज्याक्पट नल्ली सी आइडी ९९९’ बाट डेब्यु गरेकी थिइन् ।
नेसनल अवार्ड विजेता भइसकेकी अभिनेत्री रेखा २०१२ मा राज्यसभामा मनोनीत सांसद हुन् । यसैगरी सरकारी विभागमा मेयर पनि हुन् ।
जया बच्चन
जया बच्चनले १५ वर्षको उमेरमा बंगाली फिल्म महानगरबाट सहायक भूमिकामा आफ्नो फिल्मी करिअर सुरुवात गरेकी थिइन् । जया बच्चनले आठ पटक फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । २००४ बाट २०१० सम्म समाजवादी पार्टीका तर्फबाट राज्यसभामा पहिलो चरण पूरा गरेपछि जयाले २०१२ मा दोस्रो चरण सुरु गरेकी छिन् ।
शबाना आजमी
सयौँ फिल्ममा शानदार काम गरेकी शबाना आजमीले राजनीति र सामाजिक कामबाट पनि छुट्टै पहिचान बनाएकी छिन् । उनी राज्य सभा सदस्य बाहेक भारत सरकारको फोरममा जोडिएकी छिन् । विभिन्न अन्तर्राष्ट्रिय संस्था मार्फत उनी विश्व स्तरमा पनि प्रतिनिधित्व गर्ने गर्छिन् । सामाजिक क्रियाकलापमा पनि उनको निकै सम्मान छ ।
जया पर्दा
जया पर्दा चर्चित अभिनेत्री हुन् । २००४ देखि २०१४ सम्म उनी उत्तर प्रदेशको रामपुर लोकसभाबाट सांसद भएकी थिइन् । उनले आफ्नो क्षेत्रका जनताका लागि धेरै काम गरेकी थिइन् ।
हेमा मालिनी
हेमा मालिनी ‘ड्रिम गर्ल’ का रूपमा बलिउड फिल्म इन्डस्ट्रीमा चिनिन्छिन् । सोले फिल्मकी वसन्तीलाई आजसम्म पनि हरेक घरले चिन्ने गरेको छ । आफ्नो लोकप्रियतालाई फरक स्तरमा लैजाँदै जया राजनीति र सामाजिक कार्यमा पनि सक्रिय रहेकी छिन् । २००३ देखि २००९ सम्म राज्यसभामा सफल उनी २०१४ यता भारतीय जनता पार्टीबाट लोकसभाकी सांसद पनि हुन् ।
स्मृति जुबिन इरानी
स्मृति जुबिन इरानीले भारतीय टेलिभिजन अभिनेत्री, महिला राजनीतिज्ञ र भारत सरकारकी मानव संसाधन विकास मन्त्रीसम्मको पद सम्हालिसकेकी छन् । स्मृति जुबिन इरानीले पाँच पटक भारतीय टेलिभिजन एकेडेमी पुरस्कार, चार पटक इन्डियन टेली पुरस्कार र आठपटक स्टार परिवार पुरस्कार जितेर सर्वश्रेष्ठ अभिनेत्रीमा दर्ज भएकी छन् । उनले आफ्नो मिहिनेत र समर्पणबाट छुट्टै पहिचान बनाएकी छन् ।