कपिल शर्माले पनि तोके प्रेमिकासँग विहेको मिति
दीपिका पादुकोण र रणवीर सिंह पछि कमेडियन कपिल शर्माले पनि विबाहको मिति सार्वजनिक गरेका छन् । कपिलले १२ डिसेम्बर गिन्नी चतरथको जन्मघर जालन्धरमा विबाह गर्ने बताएका छन ।
गिन्नी परिवारकी एक्ली छोरी हुन् । कपिलका अनुसार उनकी आमा र गिन्नी परिवार भब्यताका साथ विबाह गर्न चाहन्छन । त्यस कारण विबाह भब्यताका साथ गर्ने कपिलले बताएका छन् । रिसेप्शन १४ डिसेम्बरको दिन हुने पनि बताईएको छ । गिन्नी र कपिलको रिलेशनशिपलाई २०१३ मा सार्वजनिक गरेका थिए । तर पनि खासै नोटिस भने भएका थिएनन् ।
उनीहरुबीच एक अर्कालाई कलेज पढ्दा देखि नै चिनजान थियो । कलेजका कार्यक्रममा दुबैले सहभागिता जनाउँने गर्दथे । गिन्नी कपिल संगै पन्जावी कमेडी शो हन्सवलिएमा देखिएकी थिइन् । त्यसै बेला देखि उनीहरुको अफेयर चलेको थियो