सन्जनाले भनिन्, ‘सुशान्त माथि झुठो आरोप लाग्यो’
‘मि टु’ अभियानले बलिउडमा वर्षौ देखि लुकेर बसेको घटनाहरुलाई पर्दाफास गरिरहेको छ । मि टु अभियानबाट एक पछि अर्का घटनाहरु सामुन्ने आएका छन् । यस मध्ये केही आरोप गलत सावित भैरहेका छन् ।
केहि समय अगाडि नायक सुशान्त सिंह राजपुतलाई लगाइएको आरोप पनि गलत सावित भएको छ । सुशान्तलाई आफनै फिल्म ‘किजी और मन्ने’को नायिका सन्जना सान्घीलाई दुरव्यवहार गरेको आरोप लागेको थियो । यो आरोप सन्जनाले झुट हो भनेकी छिन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेर सुशान्त माथि लागेको आरोपलाई झुट रहेको बताएकी हुन् । उनले लेखेकी छिन, ‘म अमेरिकाको लामो यात्राबाट हिजो मात्रै आए । यता आएपछि मैंले यस्तो कहानी पढे मलाई ‘किजी र मन्ने’ फिल्मको सेटमा दुरव्यवहार भयो रे । मलाई कसैले पनि नराम्रो व्यवहार गरेको छैन, सबै गलत हो । यो सब कुरालाई यहि रोक्नुस ।’
‘किजी और मन्ने’ हलिउड फिल्म ‘रोम कोम द फोल्ट इन अवर स्टार्स’को रिमेक हो । फिल्ममा सुशान्त राजपुत र सन्जना सान्घीको मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशक मुकेश छाबडालाई यौन दुरव्यवहारको आरोप लागेपछि फिल्मबाट हटाइएको छ । मि टु पछि बलिउडमा सबैभन्दा तातिएका घटना नानापाटेकर र तनुश्री दत्तको हो ।