नयाँ हेयरस्टाइलमा मख्ख सोनाली बेन्द्रे
बलिउड अभिनेत्री सोनाली बेन्द्रे लामो समय देखि क्यान्सरबाट ग्रसित छिन् । अहिले उनको अमेरिकामा क्यान्सरको उपचार भइरहेको छ । ४ जुलाई २०१८ मा उनले आफूलाई क्यान्सर भएको खुलासा गरेकी थिइन् ।
क्यान्सर उपचारको क्रममा उनले आफ्नो कपाल मुन्डन गरेकी थिइन् । उनका ति तस्विरहरु सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको थियो । हालै उनी नयाँ हेयरस्टाइलमा देखिएकी छिन् । उनले आफ्ना केहि तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । यस तस्विरमा सोनाली निकै खुसी देखिएकी छिन् ।
सामाजिक सञ्जालमा सार्वजनिक पोस्टमा उनले लेखेकी छन्, ‘कहिले कहि कठिन समयमा हाम्रो यस्तो व्यक्तिसँग भेट हुन्छ जो निकै प्यारा हुन्छन् । जो छोटो समयमै हाम्रो मन मुटुमा बस्छन् । त्यहि मध्ये एक हुन बुकीहेयर जो उत्कृष्ट हेयर स्टाइलिस र विग मेकर समेत हुन् । लामो होस् या छोटो कपाल उनी जस्तो कपाललाई पनि नयाँ नयाँ स्टाइलमा बदल्न सक्छिन् । धन्यवाद बुकी म भन्न सक्दिन कि म कति खुसी छु भनेर । तिमी साँचै एक सुन्दर परी हौं ।
सोनाली आफ्नो लुक्स बेला बखतमा परिर्वतन गर्न रुचाउँछिन् । यस तस्विरमा उनी छोटो कपालमा देखिएकी छिन् । उनले यो मेकओभरको लागि आफ्नो हेयर स्टाइलिसलाई धन्यवाद दिएकी छिन् ।