‘मेरो जस्तो जिन्दगी कसैले जिउनु नपरोस्’ : कंगना
बलिउड अभिनेत्री कंगना रनावत आफ्नो विषयमा खुलेर कुरा गर्छिन् । यही खुलेर कुरा गर्ने भएकाले पनि उनले बारम्बार आलोचना खेप्दै आएकी छन् । झन् पछिल्लो समय उनले मिटु अभियानमा आफ्ना कुरा राखेपछि बलिउडमा उनले धेरै चुनौतिको सामना गर्नु परेको छ ।
उनले मिटु अभियानमा सहभागि भएर निर्देशक विकास वहल, सजिद खान, मुकेश छावडा, नाना पाटेकर र सुभास कपुर लगायत व्यक्तिहरुको बारेमा आफनो विचार राखेकी छन् । उनले सुरु देखि नै यो अभियानलाई समर्थन गर्दै आएकी छिन् । मी टु अभियान मार्फत उनले ऋतिक रोशनलाई बहिष्कार गर्न समेत आग्रह गरेकी थिइन ।
केही समयपछि रिलिज हुने फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को सुटिङ सकिए पछि कंगनाले एउटा पार्टी आयोजना गरिन् । त्यहाँ पनि उनले आफ्ना कुरा खुलेर राखिन् । फिल्मको सन्दर्भ जोड्दै उनले रानी लक्ष्मीबाईको जीवनमा निकै संघर्ष भएको र त्यस्तै संघर्ष आफ्नो जीवनमा पनि हुँदै आएको बताइन् ।
कंगनाले भनिन् ‘म चाहान्न कि यस्तो जिन्दगी कसैले जिउन परोस् । म आफ्ना बच्चाहरुलाई पनि यस्तो संघर्षले भरिएको जिन्दगी दिन चाहान्न । मलाई लाग्छ मैंले जन्मिएदखि नै हरेक चिज पाउँन लड्नु परेको छ । यसरी रानी लक्ष्मीबाई र म एकदम समान छौं ।’