पतिका लागि ब्रत नबस्ने स्वस्तिमा (फोटो र भिडियो)
राम्रो श्रीमान पाउँ भनी साउनमा महिलाहरु ब्रत बस्ने गर्दछन् । श्रीमान हुनेहरु श्रीमानको दिर्घायुको लागि ब्रत बस्दछन् । तर नायिका स्वस्तिमा खड्का भने साउनमा ब्रत बस्दिनन् । किन त ? यो रमाइलो भिडियो हेर्नुस् :
साउनमा ब्रत नबस्नुको कारण खुलाउँदै स्वस्तिमा भन्छिन्, ‘मलाई एकदम खाइरहनु पर्छ । फेरी प्रेसर पनि लो छ । त्यसैले ब्रत नबसेको हो ।’ आफुले श्रीमान पाइसकेकाले पनि साउनको ब्रत नबसेको स्वस्तिमा बताउँछिन् । निर्देशक निश्चल बस्नेतसँग स्वस्तिमाले विवाह गरेकी छिन् ।