सन्नी लियोनीको विरोध गर्दै कर्नाटकमा हात काटियो
बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला विवादमा फसेकी छिन् । उनी ‘वीरमदेवी’ फिल्मलाई लिएर विवादमा फसेकी हुन । यो फिल्म छायांकन देखि नै विवाद पर्दै आएको छ ।
कर्नाटकमा रक्षण वेदिक संगठन र अन्य हिन्दु संगठनले पहिला देखि विरोध गर्दै आएका थिए भने अहिले विरोध झन बढेको छ । यो संगठनले सनी लियोनीको आगामी फिल्म ‘वीरमदेवी’मा सनीको भुमिकालाई लिएर विरोध गरेका हुन् । फिल्मको विरोधमा प्रदर्शनकारीहरुले आफनो हात काटेर फिल्म बन्द गर्नलाई धम्की दिएका छन् । उनीहरुले सनी लियोनी वीरांगनाको भुमिका रहने कुरालाई हस्तक्षेप गरेका छन् । सनी लियोनी पोर्न स्टार भएको हुदाँ ऐतिहासिक महत्वमा क्षति हुने भन्दै विरोध प्रर्दशन गरेका छन् ।
सन्नी लियोनीले यस्तो विरोध झेलेको पहिलो पटक भने होइन । यो भन्दा पहिला पनि एक कार्यक्रममा विरोध जनाएका थिए । दीपिका पादुकोण स्टार फिल्म ‘पद्मावत’को विरुद्ध राजस्थानमा करणी सेनाले विरोध गरेका थिए । यो विरोधले दिल्ली हरियाणा र उत्तर प्रदेशमा हिंसकको रुप समेत लिएको थियो । विरोध पछि केहि सिनमा परिवर्तन गरेर फिल्म रिलिज गरिएको थियो । अब यस्तै विरोध सनी लियोनीले भोग्नु परेको छ ।